Government of Nepal
Ministry of Agricultural, Land Management and Cooperatives
Department of Livestock Services
District Livestock Service Office
Kathmandu

About Us

पशुपालन व्यवसायको दिगो विकास र यस संग सम्वन्धित व्यक्ति, समूह, समुदायको आर्थिक स्तर वृद्धि गर्न आवश्यक आधारभूत सेवाहरु उपलव्ध गराउने उद्देश्यले जिल्ला पशु सेवा कार्यालयको स्थापना गरिएको हो । विगतमा भाडामा वस्दै आएको कार्यालय हाल आफ्नै भवन बुढानिलकण्ठमा संचालित छ ।

देशको राजधानी तथा जनसंख्याको चाप अध्याधिक रहनु तथा पशु र पशुजन्य पदार्थको माग दिनानुदिन वढ्दै गएको अवस्थामा यस जिल्लामा आन्तरीक उत्पादनले बढ्दो जनसंख्याको आवश्यकता परीपूर्ति गर्न कठिनाई भै रहेको वर्तमान अवस्थामा स्वच्छ, स्वस्थ्य पशुजन्य पदार्थहरुको आपूर्ति सर्वसुलभ गराउने उद्देश्य अनुरुप कार्यालयका कृयाकलापहरु संचालित छन् ।

 

 

१.२    उद्देश्यहरु

  1. पशुहरुको संरक्षण, सम्वर्धन र गुणात्मक सुधार गरी उत्पादकत्व र पशुजन्य पदार्थहरुको उत्पादनमा बृद्धी गरी कृषकहरुको आयआर्जनमा बृद्धी गर्ने ।
  2. पशुपालन व्यवसायको व्यवसायीकरण र विविधिकरण गरी रोजगारीका अवसरहरु बढाउनको साथै यस पेशालाई वढी लाभप्रद वनाउने ।
  3. पशु पंक्षि र पशुपंक्षि जन्य उत्पादनको बजार व्यवस्थापन, पशुआहाराको व्यवस्थापन र वातावरण संरक्षणमा सहयोग पु¥याउने ।
  4. जनस्वास्थ्यको संरक्षण र सम्बर्धनमा सहयोग पु¥याउने ।
  5. पशुपालन व्यवसायको माध्यमबाट गरिवी तथा सामाजिक दृष्टिकोणबाट पिछडीएको वर्ग र महिलावर्गको आथिक तथा  सामाजिक व्यवस्थामा सुधार ल्याउन सहयोग गर्ने ।

 

१.३    कार्य नीतिहरु 

  1. पशु स्वास्थ्य सेवा तर्फ पशुपंक्षीमा प्राथमिक उपचार, परजिवी नियन्त्रण, संक्रामक रोग विरुद्ध खोप, रोग निधान, पशु बन्ध्याकारण, सिरम संकलन जस्ता कार्यहरु कृषक समुह भित्र सघनरुपले र अन्य कृषकहरुमा आवश्यकता अनुसार सेवा पु¥याई रोगहरुबाट हुने ह्रासलाई कमि गर्ने ।
  2. पशु आहारा स्रोतको विकासका लागि विशेष जोड दिई घाँस तथा घाँसेवाली, डालेघाँस र चरन विकास गर्ने  विउ बेर्ना र नयाँ प्रविधिहरु कृषकहरु समक्ष पु¥याई हरियो घाँस उत्पादन र वातावरण संरक्षणमा सहयोग गर्ने ।
  3. कृत्रिम गर्भाधानको माध्यमबाट स्थानीय पशुहरुको नश्ल सुधार गरी उत्पादकत्व बृद्धी गर्न सहयोग  पु¥याउने ।
  4. कृषकहरुलाई आधुनिक पशु विकासका लागि विभिन्न पक्षहरुमा जानकारी दिन  र सिप बढाउन तालिम,  गोष्ठी, भ्रमण, प्रदर्शनी, शिविर आदिको आयोजना गर्ने ।
  5. जनस्वास्थसंग प्रत्यक्ष सरोकार राख्ने रोगहरुको नियन्त्रण गर्न जिल्ला स्थित सम्बन्धित निकायहरुसंग  समन्वय गरी काम गर्ने ।
  6. सम्भाव्यताको आधारमा पकेट क्षेत्रको छनोट गरी कृषकहरुको समुह समिति मार्फत उपलब्ध साधान र स्रोतहरुको अधिकतम उपयोग गर्ने ।
  7. गरिव र सामाजिक दृष्टिकोणबाट पिछडिएका वर्गहरुका लागि विशेष कार्यक्रम संचालन गर्ने ।

  Downloads Links